दिल्लीमा फेरि केजरीवाल राज
नयाँ दिल्ली (एजेन्सी) भारतको दिल्ली विधानसभाको निर्वाचनमा सत्तारुढ दल आम आद्मी पार्टी (आप)ले शानदार जित हात पारेको छ । जितसँगै आपले दिल्लीमा लगातार तेस्रो पटक सरकार बनाउने भएको छ । आप नेता तथा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल दिल्लीको तेस्रो पटक मुख्यमन्त्री बन्ने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
दिल्लीका ७० सिटमध्ये आपले ६२ सिटमा जित हात पारेको छ । आप र केन्द्रीय सत्तारुढ दल भारतीय जनाता पार्टीबीच प्रतिपस्र्धा हुने अनुमानको विपरित आपले भारतीय जनता पार्टी (भाजपा) भने ८ सिटमा खुम्चिएको छ । प्रमुख विपक्षी दल राष्ट्रिय काँग्रेसले भने लगातार दोस्रो पटक दिल्लीमा खातासमेत खोल्न सकेन । मुख्यमन्त्री अरविन्द केजरीवालले भाजपाका उम्मेदवार सुनिलकुमार यादवलाई पराजित गरेका छन् । मुख्यमन्त्री कजरीवालले जितपछि समर्थकहरुलाई धन्यावाद दिएका छन् ।
उनले आफ्नो जितलाई दिल्लीवासीको जित भनेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । उनले अब जसले जनताका लागि काम गर्छ उसै पार्टीलाई जनताले जिताउनेसमेत बताएका छन् । केजरीवालले जितपछि हुनुमानलाई पनि धन्यावाद दिएका छन् । चुनाव प्रचारका क्रममा हनुवानबारे पनि भाजपा र आपबीच वाकयुद्ध भएको थियो । भाजपाले केजरीवालमाथि हनुमानको अपमान गरेको आरोप लगाएको थियो ।
दिल्ली चुनावको नतिजापछि भारतीय जनता पार्टीका दिल्ली अध्यक्ष मनोज तिवारीले मतदातालाई धन्यवाद दिएका छन् । उनले पत्रकार सम्मेलन नै गरेर अरविन्द केजरीवाललाई जितका लागि बधाई दिएका छन् । भाजापाले दिल्ली चुनावमा धार्मिक धुब्रीकरण गर्ने प्रयास गरेको थियो । तर, जनताले उसको त्यो प्रयासलाई विफल पारिदिएको भारतीय सञ्चार माध्यमहरुले विश्लेषण गरेका छन् । दिल्लीमा मुस्लिम र हिन्दुबीच धुब्रीकरण गराएर चुनाव जित्ने भाजपाको रणनीति थियो ।
तर, उसको यो रणनीति दिल्ली विधानसभामा भने काम लागेन । गएको आम निर्वाचनमा दिल्लीका ७ वटै सिट जितेको भाजपाले दिल्लीमा पनि सरकार बनाउने दावी गर्दै आएको थियो । दिल्लीको मतदान सकिएपछि विभिन्न सञ्चार माध्यमहरुले जारी गरेको सर्वेक्षणमा पनि आपले चुनाव जित्ने अनुमान गरिएको थियो ।
तर, भाजपाले भने यस्तो सर्वेक्षण सटिक नहुने दावी गर्दै आएको थियो । दिल्ली चुनाव हुनुअघि केन्द्रीय सरकारले नागरिकता कानून ऐन संशोधन गर्दा दिल्लीमा राजनीतिक धुब्रीकरण हुने भाजपाको विश्वास थियो । तर, आपका अगाडि भाजपा टिक्न सकेन । २०१५ को चुनावमा पनि आपले ७० मध्ये ६७ सिटमा जित हात पारेको थियो । कजेरीवाल अन्ना हजारेको भ्रष्टाचार विरोधी आन्दोलनबाट राजनीतिमा आएका हुन् । उनले भ्रष्टाचारलाई हटाउनुपर्ने मुख्य एजेण्डालाई राजनीतिसँग जोडेका छन् ।
Facebook Comment