राष्ट्रिय बाणिज्य बैंकको नाफा ८.३१ प्रतिशत घट्यो
काठमाडौं। चालु आर्थिक वर्षको पुुससम्ममा राष्ट्रिय बाणिज्य बैंकको नाफा घटेको छ। गत आवको पुससम्ममा २ अर्व ४० करोड रुपैयाँ खुद नाफा गरेको बैंकको चालु आवको पुससम्ममा ८.३१ प्रतिशत घटेर २ अर्व २० करोडमा सीमित भएको छ।
बैंकको संचालन खर्चका साथै खराव कर्जा समेत बृद्धि भएपछि नाफामा असर गरेको हो। चालु आवको पुुससम्म बैंकले सर्वसाधारणबाट १ खर्व ९४ अर्व ९० करोड निक्षेप संकलन गरी १ खर्व ४७ अर्व ८९ करोड कर्जा लगानी गरेको छ। गत आवको यसै अवधिमा बैंकको निक्षेप १ खर्व ८९ अर्व २५ करोड र लगानी १ खर्व ४२ अर्व रहेको थियो।
बैंकको खराब ऋण ३.४ प्रतिशतबाट ४.७७ प्रतिशत पुगेको छ। आधार व्याजदर ६.६ प्रतिशत राखेको बैंकको स्प्रेडदर भने ४.७८ प्रतिशतबाट बढेर ५.५३ प्रतिशत पुगेको छ।
प्रतिक्रिया
Facebook Comment