अमेरिकामाथि नेपालको कीर्तिमानी जित

डिसी नेपाल
२९ माघ २०७६ ११:१६

काठमाडौं। काठमाडौंमा बुधबार सम्पन्न आईसीसी विश्वकप क्रिकेट लीग–२ को त्रिकोणीय श्रृंखलाको अन्तिम खेलमा नेपालले अमेरिकामाथि कीर्तिमानी जित हात पारेको छ। कीर्तिपुरमा अमेरिकालाई सबैभन्दा कम स्कोर (३५) मा समेटेको विश्वकीर्तिमान बराबरी गरेको नेपालले ६ औं ओभरमै जित हात पारेको हो।

नेपालले २ विकेट गुमाएर ५ ओभर २ बलमा जित हात पारेको हो। पारस खड्काले छक्का प्रहार गर्दै नेपाललाई लीगमा दोस्रो जित दिलाए। ३६ रनको लक्ष्य पाएको नेपालको शुरुआत भने राम्रो हुन सकेन। कप्तान ज्ञानेन्द्र मल्ल र सुवाष खकुरेल २ रन जोडदा आउट भए। दिपेन्द्रसिंह ऐरीले ११ बलमा १५ र पारस खड्काले १२ बलमा २० रन नटआउट बनाए।

विश्वकप लीग – २ मा नेपालको यो दोस्रो जित हो। दुबै जित नेपालले अमेरिकामाथि पाएको हो। लीगको पुछारबाट दोस्रो स्थानमा रहेको नेपालले ४ अंक जोडेको छ। लीगको शीर्ष स्थानमा भने ओमान रहेको छ।

यसअघि नेपाली स्पीनका अगाडि टिक्न नसकेपछि अमेरिका काठमाडौंमा जारी आईसीसी विश्वकप क्रिकेट लीग २ को अन्तिम खेलमा ३५ रनमै अलआउट भएको छ।
नेपालक दुई स्पीनर सन्दीप लामिछाने र सुशान भारीले घातक बलिंग गरेका छन्। खेलको दोस्रो ओभरमै पहिलो विकेट लिएका सन्दीपले कुल ६ विकेट लिए।

उनले ६ ओभरमा कए मेडनसहित १६ रन दिएर ६ विकेट लिएका हुन्। लामिछानेको यो ओडीआई करिअरकै उत्कृष्ट बलिंग फिगर हो। उनले आफ्नो अन्तिम ओभरमा २ विकेट लिँदै अमेरिकालाई रेकर्ड सबैभन्दा कम स्कोरमा अलआउट गरे। नेपालले ओडीआईमा विपक्षी टिमलाई सबैभन्दा कम स्कोरमा रोकेको यो पहिलो हो।

सन्दीपलाई अर्का स्पीनर सुशान भारीलेअर्को इण्डबाट राम्रो साथ दिए। उनले आफ्नो ओभरको पहिलो बलमै विकेट लिएका थिए। उनले कुल ४ विकेट लिएर भारीको पनि यो ओडीआई करिअरकै सबैभन्दा राम्रो प्रदर्शन हो। उनले ३ ओभरमा १ मेडनसहित ५ रन दिएर ४ विकेट लिए।




प्रतिक्रिया

One thought on “अमेरिकामाथि नेपालको कीर्तिमानी जित

Leave a Reply

Your email address will not be published. Required fields are marked *