भ्रमण डट कमको भ्यालेन्टाइन अफर : बाई वन गेट वन फ्री, एउटा टिकट किन्दा अर्को सित्तैमा

डिसी नेपाल
२९ माघ २०७६ १६:०१

काठमाडौं। भ्रमण डटकमले भ्यालेन्टाइन डेलाई लक्षित गरी विशेष प्याकेज ल्याएको छ। भ्यालेन्टाइन डेको अवसरमा माउन्टेन फ्लाइट  गर्न चाहनेहरुका लागि यो अवसर सहितको खुसीको समाचार ल्याएको भ्रमण डटकमले जनाएको छ।

भ्यालेन्टाइन डे अविस्मरणीय रहोस् भन्ने उद्देश्यका साथ उसले बाई वन गेट वन माउन्टेन फ्लाइट अफर  योजना  ल्याएको हो।

‘बाई वान गेट वन टिकट’ योजनाले जोडीहरुलाई आकर्षित गर्ने भ्रमण डटकमको विश्वास छ।

भ्यालेन्टाइन डेलाई विशेष बनाउन चाहने महानुभावहरुले टिकट खरिदका लागि भ्रमण डटकममा सम्पर्क गरी यही फेब्रुअरी महिनाको १३ तारिखसम्ममा टिकट खरिद गरिसक्नुपर्ने भ्रमण डट कमले जनाएको छ।

फ्लाईट सगरमाथासम्म जाने र त्यहाँ करिब ४५ मिनेटसम्मा रहने अनि फर्किने छ।

यो भ्यालेन्टाइन डेलाई रोचक तथा संझनायोग्य बनाउन चाहने योजनामा रहेका जोडीहरुलका लागि यो अफरसहितको फ्लाईट एकदमै उपयुक्त हुने भ्रमण डटकमले जनाएको छ।

अग्लो हिमालहरुका साथै सर्वोच्च शिखर सगरमाथा हेर्न चाहनेहरुका लागि यो भ्यालेन्टाइन डेको उपलक्ष्यमा भ्रमण डटकमले ल्याएको ‘बाई वन गेट वन’ माउन्टेन फ्लाईट पक्कै पनि जीवनको एक स्मरणीय अनुभव हुनेमा आफू ढुक्क रहेको भ्रमण डटकमका सञ्चालक सुरज बस्नेत बताउँछन्।

इच्छुक महानुभावहरुले यो प्याकेज आफ्ना आमाबुवा तथा प्रीयजनलाई यो भ्यालेन्टाइन डेको उपहार सरुप पनि प्रदान गर्न सक्नेछन्।

माउन्टेन फ्लाईटको समय यही फेब्रुअरी महिनाको १४ तारिखका दिन बिहान ६ः३० बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट हुनेछ।
यो एक घण्टाको माउन्टेन फ्लाईट टिकट लागि ११ हजार ९ सय ९५ रुपैयाँ प्रति कपलको मूल्य रहेको छ।

टिकट तथा अन्य जानकारीका लागि भ्रमण डटकमको मोबाइल नं. ९८१३७१७९३० मा सम्पर्क गर्नुहोस्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *