सारङ्गी टोलीले दिँदैछ पैदल यात्रुलाई ट्राफिक जानकारी

डिसी नेपाल
२९ माघ २०७६ १८:४२

काठमाडौं । महानगरिय ट्राफिक प्रहरी महाशाखाले पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिन सारङ्गी टोली परिचालन गरेको छ । पैदल यात्रुमा ट्राफिक नियमको जानकारी नहुने र जथाभावि बाटो काटने, जेब्राक्रसिङको प्रयोग नगर्ने र ट्राफिक लाइटको जानकारी नराख्ने समस्या रहेको भन्दै सांगीतिक टोली मार्फत सचेतना फैलाउने प्रयास गरेको हो । बुधबार बानेस्वर स्थित संसद भवन अगाडि ट्राफिक प्रहरीले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर ट्राफिक नियम सम्बन्धी जानकारी गराएको हो ।

प्रहरी वरिष्ठ उपरिक्षक, महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले पैदल यात्रीहरुले ट्राफिक नियमको जानकारी नराख्ने र जथाभावी बाटो काटने गरेकाले सांगितिक अभियान मार्फत ट्राफिक नियमको जानकारी गराइएको बताए । उनले सडकको जेब्राक्रसिङमा समेत ट्राफिक लाइट सुरु भइसकेको र पैदल यात्रुले त्यसको पालना नगरेपछि ट्राफिक नियमको जानकारी दिन नयाँ उपाय अपनाएको बताए ।

उनले ट्राफिक प्रहरी आफैले पनि जानकारी गराउने र सांगीतिक तरिकाले सारङ्गी टोली परिचालन गरी ट्राफिक गीत गाएर पैदल यात्रीलाई ट्राफिक नियम सम्बन्धी जानकारी दिइएको बताए ।

महाशाखा प्रमुख ढकालले पैदल यात्रुको चाप बढी हुने काठमाडौंका मुख्य मुख्य स्थानमा सांगीतिक अभियान मार्फत ट्राफिक नियमको जानकारी गराउने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *