महानगरपालिकाकै स्वास्थ्य क्लिनिकमा छैन आवश्यक पुर्बाधार र औषधी

डिसी नेपाल
२९ माघ २०७६ १८:५६

काठमाडौं । काठमाडौं महानगरपालिका वडा–१६ को सामुदायिक शहरी स्वास्थ क्लिनिकमा नेपाल सरकारले निशुल्क बितरण गर्ने गरेको पूरा औषधी नभएको पाइएको छ।

नेपाल सरकारले ८०प्रकारको औषधी निशुल्क बितरण गर्ने भने पनि ३५ खालको औषधी मात्र रहेको छ । त्यसमा पनि कतिपय औषधी म्याद गुज्रिएका छन । आइरनचक्की र अन्य अत्यावश्यक औषधीको पनि म्याद सकिन लागेको छ। माथिल्लो निकायलाई बारम्बार पहल गरेको र टेन्डर नपरेकाले औषधी नपठाएको जवाफ आएको क्लिनिकका अहेव रामचन्द्र पोखरेलले डिसी नेपालसँगको कुराकानीमा बताए ।

दैनिक ४२ जना टिवीका, १०–१५ जना परिवार नियोजन , ८–१० जना ओपिडि र अन्य गरि ६० देखि १०० जना सेवाग्राही आउने क्लिनिकमा आवश्यक पुर्बाधार समेत छैन । सानो दुईवटा कोठामा संचालित क्लिनिकमा एउटा मात्र बेड रहेको छ । एकजना अहेव र एकजना सहयोगी गरि दुइजनाले सेवा दिने गरेपनी महानगरपालिकाले अहेवलाई हप्ताको २ दिन अन्यत्र खटाएका कारण सहयोगि मात्रै रहन्छिन। कतिपय मानिसहरुलाई त नभ्याएर फर्काउनु परेको अहेव पोखरेलले गुनासो गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *