टेलिकमको नाफा घट्यो
काठमाडौं। नेपाल टेलिकमको नाफा घटेको छ। गत आर्थिक वर्षको पुससम्ममा ४ अर्व ९५ करोड रुपैयाँ खुद नाफा गरेको टेलिकमको चालु आवको यसै अवधिमा नाफा घटेर ४ अर्व ९३ करोड रुपैयाँमा झरेको छ।
टेलिकमको ग्राहकबाट संकलन गर्ने शुल्कमा आएको गिरावट र संचालन खर्च बृद्धिका कारण नाफामा असर गरेको हो। पछिल्लो समयमा इमेल इन्टरेनटको पहुँचले गर्दा दूरसंचार कम्पनीहरुको नाफामा असर पुर्याउन थालेको छ।
कम्पनीले ग्राहकबाट चालु आवको पुसम्म १८ अर्व ३ करोड रुपैयाँ संकलन गरेको छ। अघिल्लो आवको यसै अवधिमा १८ अर्व ४४ करोड रुपैयाँ संकलन गरेको थियो।
कम्पनीले विहिबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार कर्मचारी खर्च, प्रशासनिक खर्च, नियामकीय शुल्क बढेको छ।
प्रतिक्रिया
Facebook Comment