युएई क्रिकेट टिमका मुख्य प्रशिक्षक बर्खास्त

डिसी नेपाल
१ फागुन २०७६ १६:०७

एजेन्सी । युएई क्रिकेट बोर्डले राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डौगी ब्राउन बर्खास्तमा परेका छन् । पछिल्लो तीन वर्षयता युएई क्रिकेटका मुख्य प्रशिक्षक रहेका ब्राउन बुधबार बर्खास्तमा परेका हुन् ।

युएईले ब्राउनलाई बर्खास्त गर्दै भारतका पूर्व अलराउन्डर रोबिन सिंहलाई क्रिकेट डिरेक्टरमा नियुक्त गरेको छ । इंग्ल्यान्ड तथा स्कटल्याण्डका पूर्व अलराउन्डर ब्राउन सन् २०१७ को मे महिनामा युएईका मुख्य प्रशिक्षक चुनिएका थिए ।

युएईको एकदिवसीय अन्तर्राष्ट्रिय कायम राख्न र विश्व क्रिकेट लिग–२ मा टिमलाई पुर्‍याउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *