प्यूठानमा अवैध बिक्री गर्न लागिएको २८८ लिटर पेट्रोल जफत

डिसी नेपाल
१ फागुन २०७६ १६:१८

प्यूठान । प्यूठानमा प्रहरीले दुई पेट्रोलपम्पबाट अवैधरूपमा बिक्री वितरण गरेको भन्दै २ सय ८८ लिटर पेट्रोल बुधबार जफत गरेको छ । प्यूठान नगरपालिका–७ विजुवारको जीवनदान पेट्रोलपम्पबाट भे१च १९०३ नंको पिकअपले १ सय ६८ लिटर पेट्रोल गौमुखी गाउँपालिका–१ अर्घातर्फ लैजाँदा जफत गरेको जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी प्रहरी निरीक्षक पोषण ढकालले जानकारी दिए ।

प्यूठान नगरपालिका–८ मा वाग्दुलाको सावित्रा थापाको नोस्सा पेट्रोलपम्पमा बिक्री गर्दै गर्दा १ सय २० लिटर पेट्रोल जफत गरेको प्रहरीले जनाएको छ । जफत पेट्रोल इलाका प्रहरी कार्यालय विजुवारमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *