‘ए’ डिभिजन लिग : हिमालनय शेर्पाद्वारा एनआरटी पराजित

काठमाडाैं। शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा हिमालयन शेर्पा क्लबले न्यूरोड टिम (एनआरटी) लाई पराजित गरेको छ। ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज सम्पन्न खेलमा हिमालयन शेर्पाले एनआरटीलाई २–१ गोलअन्तरले पराजित गर्दै जित हासिल गरेको हो।
खेलमा पहिलो अग्रता भने एनआरटीले लियो । खेलको ३०औँ मिनेटमा एनआरटीका खेलाडी राजेश परियारले गोल गर्दै एनआरटीलाई पहिलो अग्रता दिलाए। त्यस्तै हिमालयन शेर्पाले खेलको पहिलो हाफमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्यायो। हिमालयन शेर्पाका विदेशी खेलाडी स्टेफन समिरले खेलको ४१औँ मिनेटमा एक गोल फर्काउँदै खेललाई एक–एक गोलको बराबरीमा ल्याए।
त्यस्तै खेलको पहिलो हाफको अत्तिरिक्त समयमा हिमालयन शेर्पाले एक गोल थप्यो । हिमालन शेर्पाका खेलाडी त्रिदेव गुरुङले गोल गर्दै हिमालयनको अग्रता दोब्बर बना । खेलको दोस्रो हाफमा गोल हुन नसकेपछि अन्ततः हिमालनय शेर्पाले २–१ को जित हात पार्यो। जितसँगै हिमालयन शेर्पा १४ अङ्क जोड्दै तालिकाको दशौँ स्थानमा रहेको छ। यता १५ अङ्क जोडेको पराजित एनआरटी नवौँ स्थानमा छ।
Facebook Comment