खोकनाको प्राचिन एवं मौलिक संस्कृति झल्काउन महोत्सव

डिसी नेपाल
२ फागुन २०७६ १६:००

काठमाडौं । नेपाल भ्रमण वर्षको अवशर पारेर तीनदिने खोकना पर्यटन महोत्सव आयोजना हुने भएको छ ।

ललितपुर महानगरपालिका, वडा नम्बर २१ र प्रदेश सरकारको आर्थिक सहयोगमा यहि फागुन ९ गतेदेखि ११ गतेसम्म महोत्सव आयोजना हुने भएको हो ।

महोत्सवमा खोकनाको प्राचिन एवं मौलिक संस्कृति, सम्पदा, नेवारी खाना र खाजाका परिकारहरु मुख्य आकर्षणका रुपमा रहनेछन् ।

त्यसैगरी स्थानीय जीवनशैली, रहनसहन र भेषभुषाका अतिरिक्त स्थानीय शीप र कलाको समेत प्रत्यक्ष अवलोकन र अनुभव गर्न सकिने महोत्सव मूल आयोजक समिति संयोजक रविन्द्र महर्जनले बताए । स्वदेशी तथा विदेशी पर्यटकहरुलाई आकर्षित गर्न भ्रमण वर्षको अवशर गरेर महोत्व आयोजना गरिएको संयोजक महर्जनले बताए ।

उपत्यकाको शहरबाट नजिकै रहेको खोकना गाउँलाई महत्वपूर्ण ग्रामिण पर्यटकिय गन्तव्यको रुपमा स्थापित गरी पर्यटनको दिगो विकासका साथै नेपालको पर्यटन प्रवद्र्धनका लािग महोत्सवले सहयोग गर्ने विश्वास आयोजकले लिएको छ । महोत्सव आयोजनका लागि ललितपुर महानगरपालिकाको १२ लाख ५० हजार, वडा नम्बर २१ को ५ लाख र प्रदेश सरकारको २ लाख ५० हजार आर्थिक सहयोग उपलब्ध भएको उनले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *