सावित्राको गोलमा गोकुलमले जित्यो उपाधि

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी रहेको गोकुलम केरेलाले हिरो महिला लिग फुटबलको उपाधि जितेको छ ।
बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै गोकुलम च्याम्पियन बनेको हो । यससँगै गोकुलमले पहिलो पटक उपाधि जितेको छ ।
गोकुलमको जितमा प्रमेश्वरी देवी, कमला देवी र सावित्राले एक एक गोल गरिन् । क्रिप्साको लागि रतनबाला र डाङमेई ग्रेसले एक एक गोल फर्काए ।
रोमान्चक बनेको फाइनलमा खेलको ८७ औं मिनेटमा सावित्राले गोल गर्दै गोकुलमलाई च्याम्पियन बनाएकी हुन् । यस गोलसँगै सावित्रा लिगमा सर्वाधिक गोलकर्ता बनेकी छिन् । सावित्राले लिगमा १६ गोल गरिन् । दोस्रो स्थानमा रहेकी सन्ध्याले १३ गोल गरिन् ।
प्रतिक्रिया
Facebook Comment