भारतीय महिला लिगमा सावित्रा बनिन् सर्वाधिक गोलकर्ता

डिसी नेपाल
२ फागुन २०७६ १६:५०

काठमाडौं । नेपाली राष्ट्रिय टोलीका स्ट्राइकर सावित्रा भण्डारी भारतको हिरो महिला लिग फुटबलमा सर्वाधिक गोलकर्ता बनेकी छिन् । च्याम्पियन टिम गोकुलम केरेलाबाट लिग खेलेकी सावित्राले ७ खेलमा १८ गोल गर्दै सर्वाधिक गोलकर्ताको अवार्ड जितेकी हुन् ।

सर्वाधिक गोलकर्ता बनेसँगै सावित्राले १ लाख भारतीय रुपैया प्राप्त गरिन् । बैंगलोरमा शुक्रबार भएको फाइनलमा क्रिप्सा एफसीलाई ३–२ गोल अन्तरले पराजित सावित्राले निर्णायक गोल गरेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *