नेपाली टिमलाई प्रशिक्षण दिएका वाटमोर सिंगापुरको प्रशिक्षकमा नियुक्त

एजेन्सी । श्रीलंकालाइ विश्वकपको उपाधि दिलाइसकेका प्रशिक्षक डेभ वाटमोर सिंगापुरको नयाँ प्रशिक्षकमा नियुक्त भएका छन ।
सिंगापुर क्रिकेट एसोसिएसनले वाटमोरलाई थाइल्याण्डमा हुने एसीसी इस्टर्न रिजन टी २० क्रिकेटका लागि नयाँ प्रशिक्षकमा अनुबन्ध गरेको हो । अनुभवी प्रशिक्षक वाटमोरले नेपाली खेलाडीलाइ पनि प्रशिक्षण दिइसकेका छन ।
उनी सन् २०१७ मा केन्या विरूद्धको खेल भन्दा अगाडी नेपाली टिमलाइ प्रशिक्षण दिएका थिए । सो बेला वाटमोरले ब्याट एण्ड बल फाउण्डेसनको निमन्त्रणामा नेपाली टिमलाइ एक साता प्रशिक्षण दिएका थिए ।
वाटमोरले सन् १९९६ मा श्रीलंकालाई एकदिवसीय विश्वकप क्रिकेटको उपाधि दिलाएका थिए । वाटमोरको पहिलो प्रतियोगिता इस्टर्न रिजन क्रिकेट हुनेछ।
जसका लागि टिमले १४ खेलाडी छनोट गरिसकेको छ । यो प्रतियोगितामा नेपालले पनि खेल्दैछ । जसका लागि नेपालले १८ खेलाडी छनोट गरेको छ । डेभमोरले पाकिस्तान टिमको प्रशिक्षकपनि भइसकेका छन ।
Facebook Comment