साविक विजेता मनाङ तेस्रो स्थानमा

डिसी नेपाल
२ फागुन २०७६ १७:४८

काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलको अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबले जावलाखेल युथ क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार भएको आफ्नो अन्तिम खेलमा मनाङले जावलाखेललाई १–० गोल अन्तरले पराजित गरेको हो ।

साविकको विजेता समेत रहेको मनाङको जितमा निशान लिम्बुले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५७ औं मिनेटमा निशानले गोल गरेका थिए ।

जितसँगै मनाङले तेस्रो स्थानमा रहदै लिगको अन्त्य गर्ने पक्का भएको छ । मनाङले १३ खेलमा २८ अंक जोडेको छ । र, दोस्रो स्थानको मछिन्द्रसँग अंक बराबरी समेत गरेको छ ।

मनाङको दोस्रो हुने सम्भावना भने गणितीय मात्र रहेको छ । अन्तिम खेलमा मछिन्द्र आर्मीसँग ५ गोल अन्तरले पराजित भएमा मनाङ दोस्रो स्थानमा रहने छ । जावलाखेलले लिगको १३ खेलमा १९ अंक जोडेर छैटौं स्थानमा रहदै सिजनको अन्त्य गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *