प्रमाण विधेयक पारित

डिसी नेपाल
३ फागुन २०७६ १४:४८

काठमाडौं। प्रतिनिधिसभाको आजको बैठकले ‘प्रमाण (दोस्रो संशोधन) विधेयक २०७६’ पारित गरेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले उक्त विधेयक पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा शिक्षा तथा स्वास्थ्य समितिका सभापति जयपुरी घर्तीले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०७६” पेश गरेकी थिइन् । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन ६ गते मङ्गलबार दिउँसो १ः०० बजे बस्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *