जर्मन बुन्डेसलिगामा लेइपजिग शीर्षमा उक्लियो

डिसी नेपाल
४ फागुन २०७६ १०:२३

एजेन्सी । आरबी लेइपजिग जर्मन बुन्डेस लिगा फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा वेडर ब्रेमेनलाई ३-० गोल अन्तरले पराजित गर्दै लेइपजिग शीर्ष स्थानमा उक्लिएको हो ।

घरेलु मैदानमा १७ औं मिनेटमा लुकास क्लोस्टरम्यानको गोलबाट लेइपजिगले अग्रता बनाएको थियो । ३९ औं मिनेटमा पाट्रीक स्चिच्कले गोल गर्दै घरेलु टोलीको अग्रता २-० को बनाए । त्यसपछि खेलको ४९ औं मिनेटमा नोर्डी मुकिलेले गोल गर्दै लेइपजिगलाई ३-० को जित दिलाए ।

जितसँगै लेइपजिगले २२ खेलमा ४५ अंक जोडेको छ । लेइपजिग दोस्रो स्थानको वायर्न म्युनिख भन्दा २ अंकले अघि रहेको छ । एक खेल कम खेलेको वायर्नको ४३ अंक रहेको छ । लेइपजिगसँग पराजित ब्रेमेन १७ अंक जोडेर रेलिगेशन क्षेत्रमा रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *