प्रधानमन्त्रीको नामको वेबसाइटमा पोर्न भिडियो ! सचिवालय भन्छ त्यो नक्कली वेबसाइट हो

डिसी नेपाल
४ फागुन २०७६ १५:०७

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत नामबाट खोलिएको वेवसाइट केपीशर्माओलीडटकम मा थुप्रै अश्लील भिडियो अपलोड भएको पाइएपछि देशैभरी हलचल भएको छ । यही बीचमा प्रधानमन्त्रीको सचिवालयले भने त्यो वेबसाइट नक्कली भएको बताएको छ । सचिवालयलयले प्रधानमन्त्रीको आधिकारिक वेबसाइट केपीशर्माओलीडटकमडटएनपी भएको भन्दै डटकम मात्र भएको र डटएनपी नभएको वेबसाइट नक्कली भएको बताएको हो ।

यो वेबसाइट विदेशबाट संचालित भएको पाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयको तर्फबाट यस विषयमा अनुसन्धान गर्न नेपाल प्रहरीको साइबर ब्यूरोलाई अनुरोध भइसकेको छ । यस विषयमा ब्यूरोले अनुसन्धान अगाडि बढाइसकेको र वेबसाइट कहाँबाट कसले संचालन गरिरहेको छ भन्ने खोजी भइरहेको साइबर क्राइम ब्यूरोका प्रवक्ता, एसएसपी नवीन्द्र अर्यालले जानकारी दिए ।

उक्त वेवसाइटमा अहिले सयौँ अश्लिल भिडियोहरु राखिएको छ । खुलासासँगै सरकारले यो वेबसाइट बन्द गराएको छ तर भीपीएन प्रयोग गरेर अझै हेर्न सकिने अवस्था छ । भीपीएन प्रयोग नगरी खोल्दा भने संचार तथा सूचना प्रविधि मन्त्रालय, तथा नेपाल दुर संचार प्राधिकरणको निर्देशन बमोजिम वेबसाईट बन्द गरिएको उल्लेख गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *