राजनीतिक दलको अपरिपक्ताका कारण संघीयता कार्यान्वयनमा समस्या : शेखर कोइराला

डिसी नेपाल
४ फागुन २०७६ १९:११

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेखर कोइरालाले प्रमुख राजनीतिक दलहरुको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या आएको बताएका छन् । वर्तमान सरकारको २ वर्ष संघीयता कार्यान्वयनमा उदासिनता विषयक अन्तरक्रिया कार्यक्रममा डा. कोइरालाले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा र प्रमुख प्रतिपक्षी दलको अपरिपक्व सोचका कारण संघीयता कार्यान्वयनमा समस्या देखिएको बताए ।

नेपाली कांग्रेस, तत्कालिन नेकपा एमाले र तत्कालिन नेकपा माओवादी संघीयताको पक्षमा नभएपनि मधेश आन्दोलन र संविधान बनाउँदा राज्य पुनसंरचना गर्ने भन्ने विषय उल्लेख भएका कारण संघीयलता लागु भएको उनले बताए । संघीयतालाई राजनीतिक दल र सरकारमा रहेको दलले सफल पार्ने उल्लेख गर्दै कोइरालाले संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षमा रहेको पनि उत्तिकै भूमिका हुने बताए ।

सत्तारुढ दल नेकपाका नेता देव गुरुङले संविधान संशोधन नहुँदासम्म संघीयता कार्यान्वयन हुन नसक्ने बताए । अहिलेको संविधान नै त्रृटीपूर्ण रहेको उल्लेख गर्दै गुरुङले संविधानलाई सम्झौताको डकुमेन्ट भएको बताए । वित्तिय व्यवस्थापन र कर्मचारी समायोजन लगायतका केही कुराहरु संघीयताअनुसार भएपनि उपयुक्त समयमा सबै दलहरुको सहमतिमा संविधान संशोधन भएन भने संघीयता कार्यान्वयनमा समस्या हुने उनले बताए ।

सरकारले दुई वर्षे कार्यकाल समाप्त गरेसँगै सरकारका काम कारवाहीलाई लिएर चौतर्फी आलोचना बढिरहको छ । नेकपा भित्रकै नेताहरुका असन्तुष्टिहरु सार्वजनिक कार्यक्रममा आउन थालेका छन् । यद्यपी सरकारको ध्यान विकास निर्माणमा केन्द्रीत भएका कारण संघीयता कार्यान्वयनमा केही समस्या देखिएको नेताहरुले बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *