‘विश्वस्तरीय’ बन्दै मदन भण्डारी विश्वविद्यालय

डिसी नेपाल
५ फागुन २०७६ १२:०४

काठमाडौं। मुलुकमा मौजुदा विश्वविद्यालयले विश्वस्तरीय जनशक्ति उत्पादन गर्न नसकेको भन्दै विश्वस्तरीय जनशक्ति उत्पादन गर्ने उद्देश्यले गठन हुन लागेको ‘मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको स्थापनासम्बन्धी विधेयक२०७६’ माथि संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिमा दफावार छलफल चलिहेको छ।

संसदमा दफावार छलफल चलिरहेको यो विधेयकमा एक अच्चमको शब्द प्रयोग गरिएको छ –विश्वस्तरीय विश्वविद्यालय। विश्वविद्यालय आफैमा विश्वस्तरीय नै हुन्छ। तर, यो विश्वविद्यालयलाई विश्वस्तरीय बनाउने भनेर किन थप प्रस्ताव गरिएको हो सांसदहरुलाई अच्चमित भएका छन्।

केही सांसदहरुनै विधेयक प्रस्ताव गरिए जस्तै विश्वस्तरीय नै बनाउनुपर्नेमा जोड दिएका छन्। बैठकमा यो विधेयकमाथि भएको छलफल हेर्दा सांसदहरु नै अलमलमा देखिन्छन्।

आइतबार भएको छलफलमा नेकपा सांसदहरु खगराज अधिकारी, विरोध खतिवडा, अञ्जना विशंखेलगायतले भने विधेयकबाट विश्वस्तरीय शब्द हटाउनु पर्ने माग गरेका थिए। उक्त विधेयकमा २५ भन्दा बढी संशोधन दर्ता भएको छ। अधिकांश संशोधनकर्ताले विधेयकबाट विश्वस्तरीय भन्ने शब्द हटाउन सुझाव दिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *