काँग्रेस नेता कार्कीद्वारा क्याम्सलाई १० लाख सहयोग

डिसी नेपाल
५ फागुन २०७६ १९:४१

काठमाडौं। नेपाली काँग्रेसका नेता एबम नेपाल उधोग बाणिज्य महासंघका कार्यकारिणी सदस्य प्रकाश सिंह कार्कीले सोलुखुम्बु बहुमुखी क्याम्पसले सञ्चालन गरेको मेची – काली विश्व अभियानका लागि दश लाख रुपैयाँ सहयोग गरेका छन्।

अभियानको वार्षिक प्रगती बिबरण सार्वजनिक गर्न सोलुखुम्बु बहुमुखी क्याम्पसले सल्लेरीस्थित क्याम्पस परिसरमा आयोजना गरेको एक कार्यक्रमका बिच नेता कार्किले क्याम्पस प्रमुख उद्धव कुमार शर्मालाई उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका हुन्।

उक्त कार्यक्रममा बोल्दै सोलुखुम्बु बहुमुखी क्याम्पसको सञ्चालक समिति सदस्यसमेत रहेका नेता कार्कीले क्याम्पसले सञ्चालन गरेको मेची – काली अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको भन्दै उक्त अभियानमार्फत क्याम्पसको शैक्षिक र ब्यबस्थापकीय क्षमता अभिवृद्धि हुने बिश्वाश ब्यक्त गरे।

नेता कार्कीले अभियानमार्फत आगामी दिनमा सोलुखुम्बु जिल्लाका विद्यार्थीहरुलाई थप बिषय अध्ययन गर्ने सँगै अन्य सुबिधा उपलब्ध हुने भएकोले उक्त अभियानलाई सहयोग गर्न पाउँदा आफु उत्साहित भएको बताए। अभियानलाई सहयोग पुर्याउन सबैलाई आग्रह गर्दै नेता कार्कीले उक्त अभियानलाई सफलताको कामना समेत व्यक्त गरे।

क्याम्पसले देशैभरिका र अन्य देशकासमेत विद्यार्थीहरुका लागि ट्राभल्स, टुरिज्म र माउन्टेनियरिङ लगायता बिषय थप गर्दै निःशुल्क अध्ययन गराउने भन्दै ‘मेची–काली विश्व अभियान’सञ्चालन गरिरहेको छ।

कार्यक्रममा दुधकुण्ड नगरपालिकाका प्रमुख नाम्गेल जाङ्बु शेर्पा, नेपाली काँग्रेस सोलुखुम्बुका पूर्व शभापति तथा सोलुखुम्बु बहुमुखी क्याम्पस सञ्चालक समिति सदस्य आङ गेलु शेर्पा, क्याम्पस प्रमुख उद्धव कुमार शर्मा, जिल्लास्थित बिभिन्न सरकारी कार्यलयका प्रमुख एबम क्याम्पसका प्राध्यापक र बिधार्थिहरुको उपस्थिति रहेको थियो्।

नेता कार्की यसअघिदेखीनै राजनीति सँगसँगै बिभिन्न माध्यमबाट सामाजिक कामलाई निरन्तरता दिँदै आएका छन्।




प्रतिक्रिया

One thought on “काँग्रेस नेता कार्कीद्वारा क्याम्सलाई १० लाख सहयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *