बल्खुमा बाग्मती किनारमा लाश भेटियो

डिसी नेपाल
६ फागुन २०७६ १३:४३

काठमाडौं। काठमाडौंको बल्खुमा बागमती नदी किनारमा लाश भेटिएको छ । मंगलबार बिहान बेवारिसे शव भेटिएको प्रहरीले जनाएको छ।

बल्खुस्थित तरकारी बजारनजिकै खोला किनारमा पुरुषको शव भेटिएको प्रहरीले जनाएको छ। मधेसी मूलका जस्ता देखिने मानिसको शव भेटिएको । मृतकको पहिचान खुलेको छैन । शव भेटिएको खबर पाउनासाथ प्रहरीले अनुसन्धान थालेको छ । प्रहरीका अनुसार शव पुरुषको हो। पाइन्ट लगाएको अवस्थामा भेटिएको शव नदी किनार ढिस्कोमा भेटिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *