टी–२० वरियताः सन्दीप र करणको सुधार, पारसको घट्यो

डिसी नेपाल
६ फागुन २०७६ १६:०८

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी विश्व वरियतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा अनुसार नेपाल यथावत रहदै १२ औं स्थानमा रहेको हो । नयाँ वरियतामा नेपालले २४ खेलमा १ सय ९२ रेटिङ पाएको छ ।

यसअघि पनि नेपाल टी–ट्वान्टीतर्फ १२ औं स्थानमै रहेको थियो । टी–ट्वान्टीतर्फ नेपालको सर्वाधिक उच्च वरियता ११ औं स्थान हो । टी-ट्वान्टीको विश्व वरियतामा पाकिस्तान शीर्ष स्थानमा रहेको छ । अष्ट्रेलिया दोस्रो, इंग्ल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् ।

टी–ट्वान्टीको खेलाडी वरियताको ब्याटिङतर्फ नेपालका पारस खड्काको वरियता घटेको छ । नयाँ वरियतामा पारस ६२ औं स्थानमा रहेका छन् । बलिङतर्फ सन्दीप लामिछानेको वरियता सुधार भएको छ । अघिल्लो पटक ८५ औं स्थानमा रहेका सन्दीप ८४ औं स्थानमा रहेका छन् ।

अलराउण्डतर्फ पारस यथावत २७ औं स्थानमा रहेका छन् । सोमपाल कामी ६६ औं स्थानमा रहेका छन् । अलराउण्डरतर्फ करण केसी एक स्थान सुधार गर्दै ७४ औं स्थानमा उक्लिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *