एएफसीले दियो लिग च्याम्पियन मछिन्द्रलाई बधाई

डिसी नेपाल
६ फागुन २०७६ १६:३५

काठमाडौं । एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल कन्फेडेरसन (एएफसीं)ले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेख्दै एएफसीले मछिन्द्रलाई बधाई तथा शुभकामना सन्देश पठाएको हो ।

एएफसीले मछिन्द्रलाई एएफसी क्लब च्याम्पियनसिपको लागि समेत शुभकामना दिएको छ । तर, कुनै पनि नेपाली क्लबले क्लब लाइसेन्स प्राप्त नगरेको कारण एएफसी क्लब च्याम्पियनसिप खेल्न पाउने छैनन् ।

यस्तै एएफसीले अन्य क्लब र एन्फालाई पनि सफलतापुर्वक सम्पन्न गरेकोमा बधाई दिएको छ । शनिबार सम्पन्न लिगमा त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो । लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १–० ले हराएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *