सताक्षी गोल्डकपः आर्मी सेमिफाइनलमा

डिसी नेपाल
६ फागुन २०७६ १८:२४

काठमाडौं । विभागीय टिम त्रिभुवन आर्मी क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा मंगलबार दार्जीलिङको एमएफसीलाई २–१ गोल अन्तरले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । अब आर्मीले सेमिफाइनलमा लिग विजेता मछिन्द्र फुटबल क्लब र गोर्खा ब्वाईजबीचको विजेतासँग खेल्नेछ ।

सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०÷२० हजार पाउने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *