एनएनआईपीए अवार्डः २८ खेलाडी सम्मानित, निमा र विमल सर्वोकृष्ट खेलाडी

डिसी नेपाल
६ फागुन २०७६ १९:०१

काठमाडौं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए)ले २८ जना खेलाडीहरुलाई सम्मान गरेको छ । मंगलबार बसन्तपुर डबलीमा भएको कार्यक्रममा १८ औं एसियन गेम्समा सहभागिता जनाएका खेल र प्रशर्दनको आधारमा २८ जनालाई एक एक उत्कृष्ट खेलाडीहरुलाई अवार्ड प्रदान गरेको हो ।

तेक्वाङ्दोमा निमा गुरुङ र प्याराग्लाइडिङका विमल अधिकारीले एनएनआइपीए सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएका छन् । गुरुङ र अधिकारीले समान १÷१ लाख प्राप्त गरेका छन् । उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडी अवार्डसमेत जितेका छन् ।

यसैगरी भलिबलतर्फ सरस्वती चौधरी र एथलेटिक्सतर्फ अजित यादवले उदयमान खेलाडीको अवार्ड जितेका छन् । उनीहरुले समान ५०÷५० हजार रुपैयाँ प्राप्त गरे । उनीहरुले आफ्नो विधामा उत्कृष्ट खेलाडीको अवार्डसमेत जितेका छन् ।

पहिलो अन्तर्राष्ट्रिय धावक गजराज जोशीको नाममा रहेको जगराज आदर्श खेलाडी अवार्डबाट बक्सिङ प्रशिक्षक मदन गुरुङ ३५ हजार नगदसहित सम्मानित भएका छन् । पारा खेलकुद तर्फ बोसिया खेलकी महिमा कोइरालाले अवार्ड जितिन् ।

यसैगरी खेल पत्रकार प्रज्वल ओलीले स्पेशल वार्ड र राजेन्द्र चित्रकारले एनएनआइपिए पत्रकारिता पुरस्कार जितेका छन् ।

अवार्ड विजेता खेलाडीहरुः

फुटबलः भरत खवास
पौडीः सुभम श्रेष्ठ
भलिबलः सरस्वती चौधरी
टेबल टेनिसः नविता श्रेष्ठ
सुटिङः सुस्मिता नेपाल
बक्सिङः पुनम रावल
प्याराग्लाइडिङः विमल अधिकारी
भारोत्तोलनः संजु चौधरी
लन टेनिसः प्रेरणा कोइराला
कबड्डीः मेनुका कुमारी राजवंशी
फेन्सिङः ओमकार सिंह
स्क्वासः अमृत थापा मगर
सेपाताक्रोः रोशन तामाङ
स्पोर्ट्स क्लाईम्बिङः पेम्बा शेर्पा
पेन्कक सिलातः गोविन्द चौधरी
कुराशः उपेन्द्र थापा
रोलर स्पोर्ट्सः मिलन शाह ठकुरी
बास्केटबलः मनिष राज उपाध्याय
तेक्वान्दोः निमा गुरुङ
ब्याडमिन्टनः दिपेश धामी
ट्रायथलनः बसन्त थारु
करातेः विजय श्रेष्ठ
जुडोः इन्द्र बहादुर श्रेष्ठ
उसुः जुनी राई
आर्चरीः तिलक पुन मगर
एथलेटिक्सः अजित कुमार यादब
गल्फः टंक बहादुर कार्की
कुस्तीः रमेश गौतम




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *