स्वस्थानी शैलीमा सांसद थापाको व्यंग्य

डिसी नेपाल
६ फागुन २०७६ २२:०१

काठमाडौं । संसद् बैठकमा प्रायः सांसदहरुले औपचारिक भाषामा आफ्ना विचार प्रस्तुत गर्ने गरेको सुनिन्छ तर नेपाली काँग्रेसका सांसद गगन थापाले फरक शैलीमा भनाइ राखे । प्रतिनिधिसभाको शून्य समयमा सांसद गगन थापाले स्वस्थानी कथा शैलीमा व्यंग्यात्मकरुपमा विचार प्रस्तुत गर्दै बालुवाटार जग्गा अनियमिततामा संलग्नमध्ये कसैलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको र केहीलाई छुट दिएको टिप्पणी गरे ।

एक मिनेट समय दिइने सो समयमा सांसद थापाले ‘कुमारजी आज्ञा गर्नुहुन्छ…’बाट शुरु गरेर ‘इति श्री स्कन्दपुराणे…’ मा आफ्नो लिखित भनाइको बिट मारेका थिए । बैठकमा सोही पार्टीका अत्तहरकमल मुसलमानले संसदमा बोल्दा सबै धर्मप्रति सद्भाव र मर्यादा व्यक्त हुनुपर्ने बताए भने सांसद उमा रेग्मीले सरकारको दुई वर्षे कार्यकाल असफल भएको जिकिर गरे ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अमृता थापाले छाउगोठ भत्काउने राम्रो काम शुरु भएको तर यस्ता अन्धविश्वासी सोचविरुद्ध जनचेतना चलाउन माग गरिन् । नेकपाका जुलीकुमारी महतोले महिलामाथि भएका बलात्कारका घटनाका दोषीलाई पक्राउ गर्न माग गरिन् । सो पार्टीका खगराज अधिकारीले रामशाह सूचीमा सूचीकृत तालको अस्तित्व सङ्कटमा परेका संरक्षण गर्न माग गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *