विश्वकप विजेता स्पेनिस खेलाडी कासिलासले लिए सन्यास!

डिसी नेपाल
६ फागुन २०७६ २३:१५

एजेन्सी । विश्व विजेता स्पेनिस खेलाडी ईकर कासिलासले सन्यासको घोषणा गरेका छन् । स्पेनबाट विश्वकप फुटबलको उपाधि जितेका कासिलासले व्यवसायीक फुटबल करियरबाट सन्यासको निर्णय लिएका हुन् ।

उनी पछिल्लो समय पोर्चुगलको क्लब पोर्टोमा आबद्व थिए । क्लबका अध्यक्ष पिन्टो डी कोस्टाले कासिलासले व्यवसायीक फुटबलबाट सन्यासको घोषणा गरेको पुष्टि गरेका छन् ।

स्पेनका अन्तराष्ट्रिय स्टार कासिलासले स्पेनिस महारथी क्लब रियल मड्रिडमा १६ बर्ष बिताएका थिए । उनले रियलबाट ५ ला लिगाका साथै ३ युरोपियन च्याम्पियन्स लिगको उपाधि जितेका थिए ।

उनले सन् २०१० मा स्पेनका लागि विश्वकप जितेका थिए । यस्तै, सन् २००८ र २०१२ मा युरो कपको उपाधि समेत जितेका थिए । कासिलास स्पेनिस फुटबलको नयाँ नेतृत्वमा दावी गरिरहेका छन् । ह्दयघातका कारण उनी सक्रिय खेलाडी जिवनबाट बिश्रामको अवस्थाका थिए ।

स्पेनिस फुटबल महासंघको अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका कासिलासले व्यवसायीक फुटबल करियरबाट सन्यासको घोषणा गर्ने अवस्थामा पुगेका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *