शिवरात्रिमा डिजिटल प्रसाद बाँड्दै सानिमा बैंक

डिसी नेपाल
७ फागुन २०७६ ७:४९

काठमाडौँ । सानिमा बैंकले महाशिवरात्रिको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई विशेष योजना स्वरुप विभिन्न छुट प्रदान गर्ने भएको छ।

बैंकले आफ्ना नयाँ तथा पुराना ग्राहकहरुलाई लक्षित गर्दै तीन दिनका लागि आफ्ना डेबिट कार्ड र मोबाइल बैंकिङ सेवामा जारी शुल्क नलाग्ने व्यवस्था गरेको छ।

यो योजना अन्तर्गत विवाहित दम्पतीले खाता खोली डेबिट कार्ड र मोबाइल बैंकिङ आवेदन गर्दा एक जनाले डेबिट कार्ड र मोबाइल बैंकिङ सेवा निःशुल्क पाउनेछन् ।

साथै, यो योजनामा महिला ग्राहकले एक सय रुपैयाँको नेपाल टेलिकम वा एनसेलको टपअप पनि पाउनेछन्।

यो योजना फागुन ७ देखि ११ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *