गाडा चलाउनेको दुःख र संघर्षको कथामा ‘धुलो’, यस्तो बन्यो ट्रेलर

काठमाडौं। नेपाली कथानक चलचित्र ‘धुलो’ को ट्रेलर सार्वजनिक गरिएको छ।
प्रद्युम्न मिश्र निर्देशित चलचित्र सामाजिक विषयवस्तुमा निर्माण गरिएको छ। मंगलवार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको ट्रेलरमा सुकुम्बासी बस्तिका गरिव गाडा चालकको दुःख, सपना, संघर्ष र जीवनशैलीलाई देखाइएको छ।
यही फागुन १६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्रमा बुद्धि तामाङ, अग्रज केसी र श्रृजना सुब्बा, प्रद्युम्न मिश्र, दामोदर गजुरेल, अमृता पाण्डे र बाल कलाकार सुदीप कार्कीको अभिनय छ। चलचित्रमा नीर शाह, सुशील पोखरेल र लक्ष्मी बर्देवाको विशेष भूमिका रहेको निर्माण पक्षले जनाएको छ।
दीपा धरेलको प्रस्तुति रहेको चलचित्रको निर्मातामा लक्ष्मी गौतम र नानीराम फुँयाल रहेका छन्। सुवास सिंह बस्न्यातको लेखन रहेको चलचित्रमा रबिन आचार्यको छायांकन, अर्जुन जिसीको सम्पादन छ। कबिराज गहतराज र रामजी लामीछानेले चलचित्रको गीतको कोरियोग्राफी गरेका छन्।
Facebook Comment