काठमाडौँसहित देशभर प्रजातन्त्र दिवसको रौनक (फोटाे फिचर)

काठमाडौँ । काठमाडौंको टुँडिखेलसहित देशका विभिन्न ठाउँमा विशेष कार्यक्रम ७० औँ प्रजातन्त्र दिवस मनाईएको छ ।

एक सय चार वर्षको जहाँनियाँ राणाशासन अन्त्य भई देशमा प्रजातन्त्र बहाली भएको दिन फागुन ७ को स्मरणमा आज ७० औँ प्रजातन्त्र दिवस देशभर विविध कार्यक्रम गरी मनाईएको हो ।

जनक्रान्तिका माध्यमबाट राणाशासन अन्त्य गरी देशमा प्रजातन्त्र घोषणा भएको यस दिनको गौरवलाई सम्मान गर्दै सरकारले फागुन ७ गते औपचारिक समारोहका साथ दिवस मनाउँदै आएको छ।

प्रजातन्त्रकै जगमा लोकतन्त्र हुँदै मुलुकमा अहिले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना भएको छ। प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

७० औँ प्रजातन्त्र दिवसको अवसरमा टुडिखेलमा आयोजित समारोहमा राष्ट्र«पति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली लगाएत उच्च पदस्थहरु ।

सबै तस्बिर:राष्ट्रिय समाचार समिति
Facebook Comment