दक्षिण अफ्रिकाका बभुमाले अस्ट्रेलियासँगको पहिलो टी–२० गुमाउने

डिसी नेपाल
७ फागुन २०७६ १६:५५

एजेन्सी । दक्षिण अफ्रिकाका ओपनर ब्याट्सम्यान टेम्बा बभुमाले अष्ट्रेलियासँगको पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय खेल गुमाउने भएका छन् ।

ह्यामिस्ट्रीङ चोटका कारण टेम्बाले पहिलो खेल गुमाउने भएका हुन् । इंग्ल्यान्डसँगको टी–ट्वान्टी सिरिजको दौरान चोट बोकेका टेम्बाले कम्तिमा १० दिन आराम गर्नु पर्नेछ ।

तर, टेम्बा अझै दक्षिण अफ्रिकी टिममा रहेका छन् । उनको स्थानमा अन्य खेलाडी ल्याएको छैन । दक्षिण अफ्रिकाले घरेलु मैदानमा शुक्रबार अष्ट्रेलियासँग पहिलो खेल खेल्नेछ । दुई टोलीबीच तीन खेलको सिरिज हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *