मछिन्द्रलाई फिफाको बधाई

डिसी नेपाल
७ फागुन २०७६ १९:४४

काठमाडौं । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सहिद स्मारक ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लबलाई बधाई दिएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)लाई पत्र लेख्दै फिफाले मछिन्द्रलाई बधाई तथा शुभकामना सन्देश पठाएको हो । फिफाले क्लबको कडा मेहेनत, धैर्यता र प्रतिबद्धताको कारण मछिन्द्रले महत्वपूर्ण उपलब्धि हासिल गरेको उल्लेख गरेको छ ।

यस अघि मछिन्द्रलाई एसियाली फुटबलको सर्वोच्च निकाय एसियन फुटबल फेडेरसन (एएफसी)ले पनि बधाई दिएको थियो । शनिबार सम्पन्न लिगमा त्रिभुवन आर्मी क्लबलाई २ अंकले पछि पार्दै मछिन्द्रले पहिलो पटक लिगको उपाधि जितेको थियो । लिगको अन्तिम खेलमा मछिन्द्रले आर्मीलाई १–० ले हराउँदै मछिन्द्र च्याम्पियन बनेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *