इम्रीलाई डर्टमण्डले स्थायी खेलाडीको रुपमा भित्र्यायो

डिसी नेपाल
७ फागुन २०७६ २२:४०

एजेन्सी । जर्मन क्लब बोरुसिया डर्टमण्डले मिडफिल्डर इम्री क्यानलाई स्थायी खेलाडीको रुपमा अनुबन्ध गरेको छ ।

डर्टमण्डमा लोनबाट खेलिरहेका क्यानले क्लबसँग चार वर्षे सम्झौता गरेका छन् । डर्टमण्डले क्यान सन् २०२४ सम्म क्लबमा रहने जनाएको छ । उनको सम्झौता जुलाई १ बाट सुरु हुनेछ ।

क्यान जनवरी ट्रान्सफरमा इटालियन क्लब युभेन्ट्सबाट लोनमा डर्टमण्ड आएका थिए । त्यसबेला युभेन्ट्सले क्यानलाई २५ मिलियन युरोमा किन्नको लागि विकल्प समेत दिएको थियो ।

जर्मनीका २६ वर्षे मिडफिल्डर सन् २०१८ मा लिभरपुलबाट युभेन्ट्स आएका थिए । क्यानले यस अघि वायर्न म्युनिख र बायर लिभरकुसेनबाट बुन्डेस लिगा खेलिसकेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *