अघिल्लो सिजन फाइनल खेलेको टोटनह्याम नकआउट चरणको सुरुमै पराजित

डिसी नेपाल
८ फागुन २०७६ ८:४३

काठमाडौं । च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लिगमा प्रिमियर लिग क्लब टोटनह्याम पराजित भएको छ । टोटनह्याम गएराती आफ्नै घरेलु मैदानमा भएको खेलमा जर्मनीको क्लब आरबि लेइपजिंगसँग १-० गोल अन्तरले पराजित भएको हो ।

लेइपजिंगको जितमा खेलको ५८औ मिनेटमा टिमो वेर्नरले पेनाल्टीबाट गोल गर्दै टोटनह्याममाथि अग्रता लिएको थियो । त्यसपछि खेलमा कुनै गोल भएन र खेल लेइपजिंगले १-० ले जित्यो ।

इन्जुरिका कारण आफ्ना प्रमुख खेलाडी बिना खेलेको टोटनह्यामको यस सिजनको अबको यात्रा संकटमा पर्ने देखिएको छ । ह्यारी केन र सन हेंग मीन घाइते भएपछि सम्भवत यस सिजनमा मैदानमा आउन नसक्ने बताइएको छ । अब दोस्रो लिग मार्च ११ मा लेइपजिंगको घरेलु मैदानमा हुने छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *