संसद, लेखा समिति र पत्रकार सम्मेलनमा के जवाफ देलान् संचारमन्त्रीले?

डिसी नेपाल
८ फागुन २०७६ ९:३०

काठमाडौं। सेक्युरिटी प्रेस खरिदका लागि एजेन्टसँग घुसका लागि कुराकानी गरिरहेको अडियो टेप सार्वजकि भएपछि विवादमा तानिएका सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइतबार धेरै ठाउँमा मन्त्रीका हैसियतमा जवाफ दिनुपर्ने छ।

बिहीबार यही प्रकरणमा छलफल गर्न सार्वजनिक लेखा समितिमा पनि छलफल हुँदैछ। लेखा समितिमा यो प्रकरणमा छलफल गर्न सञ्चार सचिबलाई बोलाइएको छ। मन्त्री नै विवादमा तानिएपछिको उत्पन्न परिस्थितिमा सचिबले कस्तो जवाफ दिन्छन्? चासोका साथ हेरिएको छ।

उता बिहीबार मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गर्ने नियमित कार्यतालिका पनि छ। प्रवक्ताका हैसियतमा मन्त्री बाँस्कोटाले बिहीबार सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आएका छन्। बिहीबार उनले यो पत्रकार सम्मेलन के गर्छन्? निर्णय आइसकेको छैन।

बिहीबारै संसदमा सञ्चारमन्त्रीले जवाफ दिने कार्य तालिका पनि छ। उनले संसदमा बिहीबार संचारमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिने कार्यक्रम छ। तर, पछिल्लो परिस्थितिले अब उनले जवाफ दिन्छन् की दिँदैनन्, त्यो पनि चासोका साथ हेरिएको छ।

सार्वजनिक लेखा समितिका सदस्य सांसद प्रदीपकुमार यादवले सेक्युरिटी प्रेस खरिद प्रकरणमा परेको उजुरीमाथि समितिमा छलफल जारी रहेको बताए। गोकुल बाँस्कोटा र सेक्युरिटी प्रेस खरिदका नेपाली एजेण्ट विजयप्रकाश मिश्रबीच भएको फोन कुराकानी सार्वजनिक भएको छ।

लेखा समितिमा मिश्रलाई यो विषयका जानकारका रुपमा बोलाएर छलफल गरिएको सांसद यादवले पुष्टि गरे। उनले भने, ‘उहाँ (मिश्र)लाई जानकारका रुपमा समितिको बैठकमा बोलाइएको हो। मैले पहिलो पटक उहाँको नाम सुनेको हुँ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *