संचारमन्त्रीको अडियो प्रकरणः कमल थापाले दिए प्रधानमन्त्रीलाई सुझाव
काठमाडौं। सरकारका प्रवक्ता तथा सञ्चरमन्त्री गोकुल बास्कोटाले ७० करोड डिमान्ड गरेको अडियो सार्बजनिक भएसँगै मन्त्रीको चौतर्फी विरोध भएको छ । समाचार बाहिरिएसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले समेत यस विषयमा प्रतिक्रिया दिएका छन् ।
प्रम @kpsharmaoli ज्यु, तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।https://t.co/ztDLsqVZQK via @hamrakura
— Kamal Thapa (@KTnepal) February 20, 2020
थापाले लेखेका छन् ‘प्रधानमन्त्रीज्यू तपाईंको एक शुभचिन्तकको हैसियतमा सुझाव दिन्छु- यस व्यक्तिलाई तत्काल हटाउनु होस् र आवश्यक छानविन गर्नु होस्।’ उक्त अडियो सहितको समाचार सार्बजनिक भएपछि मन्त्री बास्कोटा, नेकपा र सरकारको भने अहिलेसम्म आधिकारीक रुपमा कुनै धारणा बाहिर आएको छैन ।
Facebook Comment