पाकिस्तानी क्रिकेट खेलाडी उमर अकमललाई खेलमा प्रतिबन्ध

एजेन्सी । पाकिस्तानी विकेट किपर तथा ब्याट्स्म्यान उमर अकमल प्रतिबन्धमा परेका छन।
विभिन्न कारणले बेला बेलामा बिबादमा आईरहने अकमललाई पाकिस्तान क्रिकेट बोर्डले नियम विपरित भ्रष्टाचार सम्बन्धि काममा संलग्न रहेको भन्दै बिहिबार प्रतिबन्ध लगाएको हो।
उनलाई पिसिबि एन्टी करप्सन कोड ४.७.१ अन्र्तगत निलम्बित गरिएको हो। केहि समय अगाडी अकमल लाहोरमा भएको फिटनेश टेष्टमा गलत काम गरेको भन्दै टे्रनर संग बिबादको कारण र त्यसपछि सोसल मिडियामा आप्नो खराब अंग्रेजीका कारण समाजीक संजालमा भाईरल भएका थिए।
पीसीबीले अकमललाई आफ्नो गल्तिलाई स्विकार गरेर माफि दिने तथा प्रतिबन्ध पनी नलगाउने बताएतापनि रातारात उनलाई फेरी कारवाहि गरेको हो।
बोर्डले उनीमाथि तत्कालि लागु हुनेगरि नयाँ प्रक्रिया अनुसार कारवाहि गरेर प्रतिबन्ध लगाएको हो।
उनीमाथि लागेको आरोपको अनुसन्धानसम्म उनले खेल्न नपाउने भएका छन।
जसका कारण उनले आजबाट सुरुहने पाकिस्तान सुपर लिग खेल्न नपाउने भएका छन्। पीएसएल अन्र्तगत आजको पहिलो खेल क्वेटा ग्लेडिएटर्स र इस्लामाबाद यूनाइटेड बिच हुँदैछ।
पीएसएलमा उमर क्वेटा ग्लाडियटर्सबाट खेल्ने तयारीमा थिए। उनको स्थानमा अर्को खेलाडीलाई लिन पाकिस्तान बोर्डले टिमलाई अनुमती दिइसकेको छ।
यो निलम्बन पछि अकमल क्रिकेट सम्बन्धी कुनैपनी गतिबिधि हरुमा भाग लिन पाउने छैनन।
Facebook Comment