सताक्षी गोल्डकपः थ्री स्टार फाईनलमा

काठमाडौं । थ्री स्टार क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बिहिबार आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै थ्री स्टार उपाधि नजिक पुगेको हो ।
थ्री स्टारको जितमा कप्तान बिक्रम लामा, अनन्त तामाङ र अशोक खवासले एक एक गोल गरे । सतासीधामका पदमले एक गोल फर्काए । पहिलो हाफमा गोलरहित बराबरी खेलेको थ्री स्टार दोस्रो हाफमा तीन गोल गरेको थियो । सतासीधामले पेनाल्टीबाट एक गोल फर्किएको थियो ।
अब थ्री स्टारले उपाधिका लागि ए डिभिजन लिग विजेता मछिन्द्र फुटबल क्लब र उपविजेता त्रिभुवन आर्मीबीचको विजेतासँग खेल्नेछ ।
सतासीधाम स्पोर्टिङ क्लबको आयोजनामा जारी प्रतियोगिताको विजेताले ६ लाख नगद पाउने छ। उपविजेताले ३ लाख पाउने छ । यस्तै प्रतियोगिताका म्यान अफ दि टुर्नामेन्टले ५० हजार र हाइ स्कोररलाई २५ हजार पाउने छन् । त्यस्तै, उत्कृष्ट मिडफिल्डर, फरवार्ड, डिफेन्डर, गोलकिपर र उत्कृष्ट प्रशिक्षकले जनही २०/२० हजार पाउने छन् ।
Facebook Comment