बार्सिलोनाले भित्र्यायो लेगानेसका फरवार्ड ब्रेथवेटलाई

एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले डेनिस फरवार्ड मार्टिन ब्रेथवेटलाई अनुबन्ध गरेको छ । बार्सिलोनाले २८ वर्षे फरवार्ड मार्टिनलाई लेगानेसबाट अनुबन्ध गरेको हो । मार्टिनले बार्सिलोनासँग सन् २०२४ को जुन ३० सम्मको सम्झौता गरेका छन् ।
बार्सिलोनाले मार्टिनलाई १५ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो । खेलाडी अनुबन्धको समय सकिएपनि विशेष आग्रहपछि ला लिगाले बार्सिलोनालाई अनुबन्धको अनुमति दिएको हो ।
फरवार्ड लुइस स्वारेज र ओसुमाने डेम्बेले चोटका कारण लामो समय मैदान बाहिर रहने भएपछि बार्सिलोनाले फरवार्ड अनुबन्धको लागि आग्रह गरेको थियो । स्वारेजले यस सिजन गुमाउने छन् भने डेम्बेले ६ महिना मैदान बाहिर रहने छन् । मार्टिनले यस सिजन लेगानेसका लागि २४ खेलमा ६ गोल गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment