रोहित आबद्ध पर्सिजा फाईनलमा पराजित

एजेन्सी । नेपाली फुटबलर रोहित चन्द आबद्ध टिम पर्सिजा जकार्ता इस्ट गभर्नर्स गोल्डकपको फाइनलमा पराजित भएको छ । पर्सिजा फाइनलमा पर्सेबयासँग ४–१ गोलले हार्न पुग्यो ।
खेलको तेस्रो मिनेटमा नै पर्सेबयाले ओक्टेभियन फर्नान्डोको गोलमा अग्रता बनाएको थियो । एक गोलले पछि परेको पर्सिजा ३० औं मिनेटमा १० खेलाडीमा झर्न पुग्यो । उसका रयोजी उतोमोले डेबिड सिल्भालाई फल गरेपछि रेफ्रीले सोझै रातो कार्ड दिएका थिए । १० खेलाडीमा झरेपनि ४२ औं मिनेटमा मार्को सिमिचले गोल गर्दै पर्सिजालाइ बराबरीमा पुर्याए ।
पहिलो हाफ एक एक गोलको बराबरी भएको खेलको दोस्रो हाफमा पर्सिजाले तीन गोल खान पुग्यो । ५२ औं मिनेटमा कोनाटेले पर्सेबयाका लागि गोल गर्ने अन्तर २–१ मा पुर्याए । ५६ औं मिनेटमा रिकी काम्बुयाले पर्सेबया तीन एकले अगाडी रह्यो । त्यसपछि ८० औं मिनेटमा महमुद इदले गोल गर्दै पर्सेबयालाइ चार एकको सहज जित दिलाए ।
Facebook Comment