भरतपुरलाई हराउँदै पुलिस राईनो गोल्डकपको क्वाटरफाइनलमा

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राइनो गोल्डकप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।
नवलपुरमा बिहिबार भएको खेलमा भरतपुर एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम आठमा प्रवेश गरेको हो । पुलिसको जितमा बुद्ध बल तामाङले दुई गोल गरे । थप एक गोल सौजन याक्खाले गरे । भरतपुरका रमेश बर्तौलाले एक गोल फर्काए ।
खेलमा पुलिसका तेज तामाङ म्यान अफ दि म्याच चुनिए । १० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।
प्रतिक्रिया
Facebook Comment