वेष्ट इण्डिजसँगको सिरिजका लागि श्रीलंकाको टोली घोषणा

डिसी नेपाल
८ फागुन २०७६ २०:४४

एजेन्सी । वेष्ट इण्डिजविरुद्धको एकदिवसीय क्रिकेट सिरिजका लागि श्रीलंकाले राष्ट्रिय टोलीको घोषणा गरेको छ । श्रीलंकाले घरेलु मैदानमा हुने ३ खेलको सिरिजका लागि दिमिथ करुणारत्नेको कप्तानीमा १५ सदस्यीय टोलीको घोषणा गरेको हो ।

श्रीलंकाको टोलीमा थिसरा परेरा र निरोशन डिक्वेलाले टिममा पुनरागमन गरेका छन् । दनुस्का गुणाथिलका भने चोटको कारण टिमबाहिर परेका छन् । वेष्ट इण्डिज र श्रीलंकाबीचको तीन खेलको सिरिज फेब्रुवरी २२ देखि २६ सम्म हुनेछ ।

श्रीलंकन टिम

दिमुथ करुणारत्ने ( कप्तान), अभिस्का फर्नान्डो, कुशल परेरा, शेहन जयसूर्या, निरोशन डिक्वेला, कुशल मेन्डीस, एन्जेलो म्याथ्युज, धनज्यय डी सिल्भा, थिसरा परेरा, डसुन शनाका, वाविन्दु हसरंगा, लक्षण संद्नकान, इसुरु उडान, नुवान प्रदिप र लाहिरु कुमारा




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *