मैदानमा उत्रिनासाथ रस टेलरले बनाए विश्वरेकर्ड

डिसी नेपाल
९ फागुन २०७६ ११:१२

काठमाडौं। न्यूजिल्याण्डको विलिङटनमा जारी भारत न्युजिल्याण्डको टेस्ट खेलमा न्युजिल्याण्डका रोस टेलरले बिश्वकिर्तिमान कायम गरेका छन् । टेलर आज मैदानमा उत्रिनासाथ रेकर्ड बनेको हो ।

टेलरले अन्तर्राष्ट्रिय क्रिकेटको तिन वटै फर्म्याटमा (टेस्ट, एकदिवसीय र टी-२०) सय खेल खेल्ने पहिलो खेलाडी बन्न सफल भएका छन । टेलरले हालसम्म अन्तराट्रिय क्रिकेटको एकदिबसीयमा २३१ खेल, टि २० अन्तराट्रियमा १०० खेल र टेस्ट क्रिकेटमा १०० खेल खेल्न सफल भएका छन ।

सन १९८४ मार्चमा जन्मिएका टेलरले २००६ मार्च १ मा वेस्टइन्डिज बिरुद्दको नेपियर एकदिबसीय खेलमा अन्तराट्रिय क्रिकेटमा डेब्यु गरेका थिए । त्यस्पछि उनले हालसम्म ४३० अन्तराट्रिय क्रिकेट खेलेका छन । टेलरले हालसम्म ४३.८० को औसतले टेस्टमा ७१७४, एकदिबसीयमा ८५७० र टि २० अन्तराट्रियमा १९०९ रन सहित कुल ४० सतक बनाएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *