भारतीय टीमका ३३ बर्षीय स्पिनरले गरे क्रिकेट छोड्ने घोषणा

डिसी नेपाल
९ फागुन २०७६ १२:१८

काठमाडौं। भारतीय टिमका स्पिन बलर प्रज्ञान ओझाले अन्तर्राष्ट्रिय क्रिकेट र प्रथम श्रेणी क्रिकेटका तीनै ढाँचाबाट अवकाश लिने घोषणा गरेका छन्। प्रज्ञान ओझाले ३३ बर्षको उमेरमा क्रिकेटलाई बिदाइ गर्ने योजना बनाएका छन्। ओझाले आफ्नो ट्विटर अकाउन्ट बाट यो कुरा खुलासा गरेका हुन ।

बायाँहाते अर्थोडक्स स्पीनर ओझाले भारतका लागी एकदिबसीयमा सन २००८ मा बङलादेश बिरुद्ध र टेस्टमा सन २००९ मा श्रीलंका बिरुद्ध डेब्यु गरेका थिए । उनले भारतका लागी २४ टेस्ट, १८ एकदिबसीय र ६ वटा टि २० अन्तराट्रिय खेल खेल्दै तिन वटै फरम्याटमा कुल १४४ विकेट लिएका छन ।

भुवनेश्वरका प्रज्ञान ओझाले ट्विटर अकाउन्ट बाटै टोलीका पूर्व कप्तान र साथीलाई धन्यवाद दिएका छन्। साथै ओझाले जीवनको अर्को चरणमा लाग्नु पर्ने समय हो भन्दै प्रेम र समर्थन दिने प्रत्येक व्यक्तिलाई धन्यबाद दिएका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *