भारत न्यूजील्याण्ड टेस्टः पहिलो दिनको खेल सकिँदा भारत कमजोर स्थितिमा

डिसी नेपाल
९ फागुन २०७६ १२:५२

काठमाडौं। भारत र न्यूजील्यान्डबीच दुई खेलको टेस्ट सीरीजको पहिलो खेलको पहिलो दिनको खेल सकिएको छ । वर्षाले प्रभाबित पहिलो दिनको खेल सकिदा सम्म भारतले ५ विकेट गुमाएर १२२ रन बनाएको छ ।

आजको खेलमा न्युजिल्यान्डका कप्तान केन विलियमसनले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेका थिए। दुई सत्रको अन्त्य पछि तेस्रो सत्र वर्षाको कारण सुरु हुन नसकेको खेल भारतले ५५ ओभर मात्रै खेल्न सकेको थियो ।

भारतका लागी सुरुवात त्यती राम्रो हुन सकेन । भारतका ओपनर पृथ्बी शाह १६ र मयंक अग्रवालले ३४ रन त्यस्तै चेतेस्वरा पुजारा ११, कप्तान विराट कोहलीले २ र हनुमा बिहारीले ७ रन बनाएर आउट भएका थिए । पाचौ नम्बरमा ब्याटि ङ गर्न आएका अजिङके रहाने ३८ रन र ऋषव पन्त १० रनमा रहेका छन । न्यूजील्यान्डका लागी केल जमिसनले ३, ट्रेन्ट बोल्ट र टिम साउथीले समान एक एक विकेट लिएका थिए ।

आजको खेलमा न्युजिल्याण्डका रोस टेलरले बिश्वकिर्तिमान बनाएका छन । टेलरले अन्तर्राष्ट्रिय क्रिकेटको तिन वटै फर्म्याटमा टेस्ट, एकदिवसीय र टी२० मा सय खेल खेल्ने पहिलो खेलाडी बन्न सफल भएका छन । टेलरले हालसम्म अन्तराट्रिय क्रिकेटको एकदिबसीयमा २३१ खेल, टि २० अन्तराट्रियमा १०० खेल र टेस्ट क्रिकेटमा १०० खेल खेलेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *