रोजर फेडेररले फ्रेन्च ओपन नखेल्ने

काठमाडौं। २० पटकका ग्राण्ड स्लाम विजेता रोजर फेडेररले यस पटकको फ्रेन्च ओपन खेल्न नसक्ने भएका छन् । घुँडाको शल्यक्रिया गराएका कारण उनी खेल्न नसक्ने भएका हुन् । फेडेररले अर्को हप्ता हुने दुबई टेनिस च्याम्पियनसिप खेल्ने तय थियो तर बुधबार शल्यक्रिया गराएपछि उनले दुबईमा पनि खेल्न नसक्ने भएका छन्।
गत महिना अस्ट्रेलियन ओपनको सेमिफाइनलमा नोभाक जोकोभिचसँग पराजित भएका स्विस स्टार फेडेरर विश्व वरियतामा तेस्रो स्थानमा छन् । उनले दुबई, इन्डियन वेल्स, बोगोटटा, मियामी र फ्रेन्च ओपन खेल्न नसक्ने पुष्टी गर्दै ग्रास कोर्टमा भने चाँडै फर्किने आशा गरेका छन्। फेडेररले गत वर्ष फ्रेन्च ओपनमा सेमिफाइनलसम्मको यात्रा तय गरेका थिए। २०१५ यता त्यो उनको क्ले कोर्टमा पहिलो प्रतियोगिता थियो।
प्रतिक्रिया
Facebook Comment