पुलिस राईनो गोल्डकपको सेमिफाईनलमा

डिसी नेपाल
९ फागुन २०७६ २०:१९

काठमाडौं । विभागीय टिम नेपाल पुलिस क्लब राइनो गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

नवलपुरमा शुक्रबार भएको क्वाटरफाइनलमा हेटौडाको विजय युथ एफसीलाई ३–१ गोल अन्तरले पराजित गर्दै पुलिस अन्तिम चारमा प्रवेश गरेको हो ।

पुलिसको जितमा निर कुमार राई, रवी पासवान र वुद्ध बल तामाङले एक एक गोल गरे । विजय युथका हाजमतले पेनाल्टीमा एक गोल फर्काए ।

१० टोली सहभागी प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *