लनटेनिस खेलाडी इन्डोनेसियातर्फ

डिसी नेपाल
९ फागुन २०७६ २२:३६

काठमाडौं । आइटिएफ जुनियर डेविस कपमा भाग लिन नेपाली लनटेनिस टोली शुक्रबार इन्डोनेसियातर्फ प्रथान गरेको छ । राजधानी जकार्तामा शनिबारदेखि शुरु हुने उक्त प्रतियोगितामा नेपालका छ खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।

फागुन १७ गतेसम्म सञ्चालन हुने सो प्रतियोगितामा तीन पुरुष तथा तीन महिला खेलाडीको सहभागिता रहनेछ । इन्डोनेसिया प्रस्थान गर्ने खेलाडीमा प्रसिद्ध मोक्तान, निहालजङ्गबहादुर थापा, निश्चल कायस्थ, सरिस्ता राई, रायना शाह र इशाश्री शाह छन् ।

प्रशिक्षक कृष्णराज घले भने यसअघि जकार्ता प्रस्थान गरिसकेका छन् । पुरुष खेलाडीले डेविस तथा महिलाले फेड कपमा सहभागिता जनाउने नेपाल टेनिस सङ्घका महासचिव मनोहरदास मुलले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *