‘प्रदेश सरकारले खेलकूदको विकासलाई प्राथमिकता दिएको छ’

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टले खेलकूदको विकासलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् । शुक्रबार यहाँ शुरु भएको चौंथो संस्करणको ‘नेपाल आइस सुदूरपश्चिम अन्तरर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकप २०७६‘ को उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले राष्ट्रलाई चिनाउन र स्वस्थ जीवनका लागि खेलकूद आवश्यक रहेकोमा जोड दिए ।
उनले भने—“कैलालीको फाप्ला मैदानलाई अन्तर्राष्ट्रिय खेलकूद मैदान बनाउने प्रयास सरकारले गरिरहेको छ ।”कार्यक्रममा सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी, धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वड, आयोजक सुदूरपश्चिम–११ स्पोर्टस क्लबका अध्यक्ष सुरेश हमाल लगायतले खेलकूदको महत्वका बारेमा प्रकाश पारे ।
प्रतिक्रिया
Facebook Comment